पश्चिम किनारामा फर्केर, 

घर छेवैको त्यो नदि छेउ 

म एकटक हेरी रहेछु

 डुब्दै गरेको त्यो घाम ...


हेर्दै छु डाडा माथि..

चड्दै गरेको त्यो औशीको रात 

अनि नियाल्छु हत्केलाका

 मेटिदै गरेका ..भाग्य रेखाहरु 


फेरी सम्झन्छु ...

भाग्य त हातै नभएकाको पनि हुन्छ 

तिनै हात नभएका मान्छेका

असीम मुस्कान सम्झेर 

मन  बुझाउछु  ...


समय निरन्तर  चलिरहेछ...

फेरी टेक्छु... पाइलाहरु 

उही कर्म पोतिएको कालो बाटो हुदै

अन्जान लक्ष्य तिर 


भिड माझ एक्लो ..

सुन्यता बीच चुपचाप

बस !!

एउटै आवाज छ साथमा 

सुस्त बजी रहेका आफ्नै पदचाप 

बाँधेर पनि मरिरहेको 

आफ्नै पार्थिव शरीरको दोझायाँ...


बिरेन कार्की - दिल्ली