खोइ प्रेम गर्छु भनुम
या
माया गर्छु।
जसको नाम सुने देखि
मनमा राज उसको चल्छ।
नदेखी
कहिल्यै नभेटी
हरेक दिन
उसको प्रगतिको कामना गर्छु।
उसको बारे
अरुले नराम्रो बोल्दा
मन मेरो दुख्छ।
थाहा छ।
उ सङ भेट नि हुदैन।
र
म मेरो मन को कुरा पनि
भन्न सक्दिन।
म आफ्नो कुरा हरु
मन भित्रै राखेर
अब
उसको अरु संगै
हात समाएर हिडेको
देख्न
र
अब मेरो प्रतीक्षा सकियो
भन्न मात्र बाकी छ।
प्रेम गर्छु भन्नु
र
मन मनै उसलाई प्रेम गर्नु
फरक रहेछ।
उसलाइ भन्न नसकिएको प्रेम!!



















