जेनजी के हो?

को हुन् 

भित्री मनले 

बेस्सरी बुझौं 

आत्मसात गरौं 

र समर्पित होऔं।


जेनरेसन- जेड 

(Generation Z) 

१९९७ देखि २०१२ बीच 

जन्मिएका नयाँ पुस्ता

अमेरिकी लवजमा 

 Z लाई  जी उच्चारण 

 भएर जेन्जी (Gen-Z ) 

भएका हौ तिमी ।


यो शब्दका पिता

अमेरिकी लेखक 

तथा समाजशास्त्री

William Strauss 

र Neil Howe  हुन् ।

जेनजीका विशेषता

अनेक छन् 

 इन्टरनेट,

 स्मार्टफोन, 

सोसल मिडिया 

आदिसँगै हुर्केका,


 सूचना तुरुन्तै खोज्ने

 सिक्ने, र शेयर गर्ने 

बानी भएका 

 नयाँ सीप सिक्न रुचाउने, 

अनलाइन कोर्स, 

रिमोट वर्क आदिमा 

पोख्त भएका ।


स्थिरताको 

विपरीत 

लचिलोपन 

र आत्मसन्तुष्टिलाई 

प्राथमिकता दिने ।


वातावरण संरक्षण

लैंगिक समानता

 मानवअधिकार

विविधतालाई 

महत्व दिने।


सामाजिक

 आन्दोलन

 र अभियानमा सक्रिय,

भिडियो,

 मिम,

 इमोजी,

 जिफ प्रयोग गर्ने।


औपचारिक होइन 

अनौपचारिक 

र छरितो संचारमा 

रुचि राख्ने ।


भ्रष्टाचार 

अनियमितता 

ढिलासुस्ती

घुसखोरी 

आलस्य 

ठगी 

छली 

राष्ट्रद्रोही कार्य

मन नपराउने 

जेन्जी तिमी

सकृय हुनुपर्छ 

खबरदारी 

गरी राख्नुपर्छ।


भोलि जेनजीको हो

भविष्य तिम्रै हो

त्यसैले 

अझै विश्राम नलेऊ जेन्जीहरू !

थुप्रेका अनगिन्ती 

विकृति 

विसंगति 

बेथिति 

भ्रष्टाचार 

ढिलासुस्ती

घुसखोरी

नातावाद 

कृपावाद

परिवारवाद 

हत्याहिंसा 

कमिसनखोरीका

विरुद्ध 

निरन्तर 

लडी राख!

देवी पन्थी 

विराटनगर