
विराटनगर।कार्तिक २२ इटहरी — नेपाल बिट्को, स्टडी स्क्वाएर नेपाल, माइतिघर क्याफे र कस्तुरी कलेजको संयुक्त आयोजनामा कस्तुरी कलेज इटहरीको सभाहलमा गजल साँझ सम्पन्न भएको छ। कार्यक्रममा नेपाली गजल क्षेत्रका चर्चित युवा गजलकारहरू बाबू त्रिपाठी, रुपक वनवासी, दिपा दिपहरी र दीर्घराज प्रियसीले ३/३ र २ गरी तीन चरणमा ८/८ गजल प्रस्तुति दिएका थिए।
नेपाल बिट्कोका अध्यक्ष तथा साहित्यकार रामप्रसाद खरेलको अध्यक्षता र स्वागत मन्तव्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि छवि वैरागी रहेका थिए। कार्यक्रममा कवि मनु मन्जिल लगायत विभिन्न शैक्षिक तथा साहित्यिक व्यक्तित्वहरूको विशिष्ट उपस्थिति रहेको थियो।
साँझलाई अझ रोचक बनाउँदै कोशी कला साहित्य परिषद्का अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, गजलकार रोमु अधिकारी, किशोर कोइराला, नवराज पोख्रेल, जेबी थुलुङ, केपी घिमिरे, पुरन याख्खा, गीता प्र. श्रेष्ठ, यादव भट्टराई, प्रमोद ढकाल, भरत गुरागाई, नवीन थापा क्षेत्री, रोहिणी रसिक, अभिजित अभिमन्यु लगायत इटहरीका साहित्यकार, स्रष्टा र सर्जकहरूको बाक्लो उपस्थिति रहेको थियो।
गजलकारहरूले प्रस्तुत गरेका मनमोहक गजलहरूले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए। कार्यक्रमले नेपाली गजल साहित्यमा नयाँ ऊर्जा र उत्साह थपेको सहभागीहरूले बताएका छन्।
संचालन उषा किरण घिमिरे ,टेलिभिजन कर्मी प्रस्तोताको रहेको थियो।




















