विराटनगर —
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा छन्द वाटिका नेपालद्वारा आयोजित माल्यार्पण, रचना वाचन तथा देवकोटा परिचर्चा विशेष कार्यक्रम  सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि विवश पोखरेल,विशिष्ठ अतिथि प्राज्ञ गङ्गा सुवेदीप्राज्ञ खेम नेपाली तथा वक्ता प्रा. डा. हरिहर भण्डारीप्रा. डा. मेदिनी शर्मा रहेका थिए। सोही अवसरमा प्रा. डा. मीनराज ढकाल, डा. देवी पन्थी, का बा वार्ड अध्यक्ष कुशेश्वर राजवङ्शी लगायत अन्य विशिष्ट व्यक्तिहरूको समेत उपस्थितिले कार्यक्रमलाई थप गौरवपूर्ण बनाएको थियो।भने  छन्द वाटिका नेपालको अध्यक्ष हरि कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा देवकोटाले लेखेका देवकोटाका कविताहरू वाचन कवि भरत बर्बरिक, बाबुराम पोखरेल, पुष्पा सायरा, आमा भागिरथा पौडेल, रोहिणी रसिक, गोपाल निर्भीक, उमानाथ भट्टराई, मीनकुमार नवोदित, राधिका गुरागाईं, प्रिन्स प्रमोद, विजय खतिवडा, अम्बिका खरेल, भवानी पोखरेल, सुजता राई, अच्युतमणि पोखरेल, सविना श्रेष्ठरामसुन्दर राजवंशीले गरेका थिए।साहित्यकारको बाक्लो उपस्तिथिले कार्यक्रमको शोभा बढाएको थियो।

कार्यक्रममा देवकोटा स्मारक समिति पान्चाली र यसका अध्यक्ष कविराज न्यौपानेले देवकोटाको बारेमा बोल्दै हामिले संरक्षण गर्न सक्न छाडौं अब युवा पुस्तालाई दिनुपर्ने मन्तव्य  राखेका  थिए। कार्यक्रमको संचालन भने निर्मला कोइरालाको रहेको थियो।


20251113_08381220251113_08384220251113_07582220251113_083357