विराटनगर । २०८२/ ७; २८/खोटाङ सामाजिक सेवा मञ्च, नेपाल स्रष्टा समाज र मुक्तक प्रतिष्ठान कोशी प्रदेशको संयुक्त आयोजनामा खोटाङ सामाजिक सेवा मञ्चको सभाहलमा एक विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।खोटाङ जन्मभूमि भई लहान हुँदै रुससम्म साहित्य सिर्जनामा निरन्तर तल्लीन बहुभाषिक कवि इञ्जिनियर सन्तोषकुमार पोखरेललाई विशेष स्वागत–सम्मान गर्दै कार्यक्रम आरम्भ गरिएको थियो।अङ्ग्रेजी ,हिन्दी ,मैथिली ,नेपाली उनका रूसीसहित विभिन्न भाषामा लेखिएका कविताहरूको गहन समीक्षा, चर्चा तथा परिचर्चा पनि कार्यक्रमको मुख्य आकर्षण बने।
कार्यक्रममा सहभागी साहित्यकार, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले कवि पोखरेलको बहुभाषिक सिर्जनशीलता, अन्तर्राष्ट्रिय पहुँच र नेपाली साहित्यलाई विश्वसभामा चिनाउने योगदानप्रतिको उच्च सम्मान व्यक्त गरे।
यही अवसरमा नेपाल स्रष्टा समाज नेपालको साहित्यिक परिचर्चा कार्यक्रम पनि सोही स्थलमा संवादमय वातावरणमा सम्पन्न भयो। समाजका अध्यक्ष कृष्णप्रसाद मार्सेलीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार बलराम पोखरेलको रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथि सन्तोषकुमार पोखरेल, अतिथि डा. देवी पन्थी, संस्थापक एवं पूर्व अध्यक्ष राजेश्वर निरौला, शिवनारायण पण्डित, राजेन्द्र गुरागाई तथा बाबुराम पोखरेलको आतिथ्यता रहेको थियो।
आफ्नो धारणा राख्दै प्रमुख अतिथि बलराम पोखरेलले राजेन्द्र गुरागाईँ, साहित्य समाजका सिर्जनशील मानिसहरूको आत्मा भएको र यसले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। साथै, नयाँ पुस्तालाई प्रेरित गर्ने खालका नियमित साहित्यिक अभ्यास र कार्यक्रमहरू आवश्यक रहेको पनि उनले बताए।
कार्यक्रममा सहभागी अतिथिहरूले साहित्य, सिर्जना, समसामयिक विमर्श र साहित्यिक वातावरणका विषयमा आफ्ना रचना सहित विचार प्रस्तुत गरेका थिए।
अतिथि शिवनारायण पण्डितले केही त्रुटी औल्याउँदै प्रश्नमा गल्ती सच्याउने बताएका थिए।उपस्तिथि बाबुराम पोखरेल,
जागरण अभियानअन्तर्गत सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्यको विविधता, अन्तर्राष्ट्रिय संवाद र आधुनिक साहित्यिक प्रयोगबारे महत्वपूर्ण दृष्टिकोण उजागर गरिएको थियो।कार्यक्रमको संचालन लक्ष्मी रायमाझीको रहेको थियो।





















