विराटनगर।साहित्यकार सीमा आभासद्वारा लिखित उपन्यास महायुगको आरोहण गुरुकुल विराटनगरमा परिचर्चा गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र बुकहिल काठमाडौंको संयुक्त रुपमा विराटनगरस्थित आरोहण गुरुकुलको सभाहलमा आयोजना गरिएको कार्यक्रममा वक्ताहरुले महायुग उपयन्यासका विषयमा परिचर्चा गरेका थिए ।

कार्यक्रममा पूर्वप्रशासक तथा लेखक डा. राजेन्द्र उप्रेती र धरान बहुमुखी क्याम्पसकी प्राध्यापक डा. इन्दिरा मिश्र परिचर्चा कार्यक्रमका मुख्य वक्ता थिए । डा. उप्रेतीले उपन्यासमार्फत परापूर्वकालदेखि नारीमाथि हुँदै आएको शोषण र विभेदलाई सशक्त रुपमा उठान गरेको बताए । उनले उपन्यास अध्ययन गरिसकेपछि सीमाको व्यक्तित्व फरक पाएको उल्लेख गरे ।

नेपाली साहित्यमा महायुग सशक्त उपन्यासका रुपमा आएको उनको भनाइ थियो । समीक्षक डा. मिश्रले उपन्यास अध्ययनपछि नारी चेतना जागृत हुने विश्वास व्यक्त गरिन् । आफूले तीन पटकसम्म महायुग अध्ययन गरेको चर्चा गर्दै मिश्रले उपन्यासमा परापूर्वकालदेखि नारीमाथि हुँदै आएको विभेद शोषणजस्ता विषयलाई सशक्त रुपमा उठाइएको बताएकी थिइन् ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भूषण ढुंगेल, लेखक सीमा आभास, प्रकाशकका तर्फबाट गीतकार भूपेन्द्र खड्का, कवि शुभलक्ष्मी लम्साल, कवि धीरज राईलगायतले उपन्यासका विभिन्न पक्षमाथि चर्चा गरेका थिए । कार्यक्रममा लेखक र पाठकबीच अन्तरक्रियासमेत राखिएको थियो । सो उपन्यास बुकहिल काठमाडौंले बजारमा ल्याएको हो ।

कार्यक्रमको संचालन शुभलक्ष्मी लम्सालले गरेकी थिइन्।वरिष्ठ साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको थियो।महायुग आज छुट  रु६००मा लिन सकिने गरि राखिएको थियो।


20251115_130632


20251115_130653