पोखरेली छन्दमा लेखौं! तीन टुक्रा
- मंसिर ६, २०८२
- ३९९ पटक पढिएको
१.
एक आभाश ५
मेरो चिदाकाश ६
अर्कै वास्तविकता ७
मबाट टाढाको ६
भ्रमको आश ५
२.
बोल्छु आज ४
म भावनाको ५
सिंढी चढें बढें ६
अनि म लडें ५
के को लाज ४
३.
मन पराउ ५
मन नपराउ ६
तिमी आउ नआउ ७
आफैं गम खाउ ६
तिम्रो भाउ ५
सन्तोष कुमार पोखरेल




















