विराटनगर ।प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङ जिल्ला–६ मा चुनावी समीकरण अन्तिम चरणमा आएर फेरिएको छ । उज्यालो नेपाल पार्टीका युवा उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन् ।
बूढीगंगाको गोकुवामा आयोजित कार्यक्रममा उनले औपचारिक रूपमा एमाले प्रवेश गर्दै ढकाललाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा एमाले नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतलगायतको उपस्थिति थियो ।
२५ वर्षीय बुढाथोकी यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवार थिए । सामाजिक सञ्जालमार्फत युवा मतदातामाझ सक्रिय उनले अन्ततः ‘विकासको निरन्तरता र स्थायित्व’ का लागि एमालेसँग सहकार्य रोजेको बताए।




















