अब नेपालीको प्रत्येक भान्साघरमा ढिके नुनको प्रयोग
- चैत ९, २०८२
- ३७५ पटक पढिएको
विराटनगर ।विराटनगरमा अब ढिकेनुनको प्रयोग बढ्न थालेको छ। समाजमा परम्परादेखि नै स्वास्थ्यप्रद खाद्य सामग्रीको उपयोग हुँदै आएको छ। यस्तै परम्परागत र बहुप्रयोगी वस्तु हो – ढिके नुन। आधुनिक समयसँगै प्रशोधित नुनको प्रयोग बढ्दो रहे पनि पछिल्ला दिनमा ढिके नुनको स्वास्थ्यलाभ, प्राकृतिक बनावट र स्वादका कारण यसको प्रयोग पुनः बढ्दो छ।
ढिके नुन प्राकृतिक रूपमा खानीबाट निकालिएको नुन हो, जसमा कुनै रसायनिक पदार्थ मिसाइँदैन। आयोडिन, लोहा, क्याल्सियम, पोटासियमजस्ता खनिज तत्वले भरिपूर्ण यस नुनले शरीरमा आवश्यक खनिजको पूर्ति गर्ने भएकाले चिकित्सकहरू पनि यसलाई प्रयोग गर्न सिफारिस गर्न थालेका छन्।
पछिल्लो समय बजारमा सजिलै उपलब्ध हुने र उचित मूल्यमा पाइने भएपछि नेपाली भान्साघरमा पुनः ढिके नुनको स्थान बलियो बन्दै गएको देखिन्छ। धेरैले यसलाई पीसी प्रयोग गर्नुका साथै सिलौटामा घोटेर पिस्ने परम्परा अझै पनि जोगाइरहेका छन्।धेरैले यो ढिकेनुन खानथालेको गोपाल प्रसाद भट्टराईले जानकारी दिए।उनी भन्छन् गाउँमा बा आमाले यहि नुन खुवाएर हुर्काए पछिल्लो समयमा आयोको प्रचार बढेर आयो प्रयोग भएको हो।अब बिस्तारै यहि ढिकेनुननै प्रयोग गरे राम्रो हुन्छ।उनको आग्रह थियो।
स्वास्थ्यप्रद जीवनशैलीमा जोड दिइँदै गर्दा ढिके नुनको महत्त्व झनै बढ्ने देखिन्छ। अब प्रत्येक नेपाली भान्सामा ढिके नुनले स्थान पाउन थालेको यो प्रवृत्ति स्वागतयोग्य छ।




















