काठमाडौं ।सरकारले आह्वान गरेको संघीय संसद् अधिवेशन अन्तिम क्षणमा स्थगित गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगन गर्ने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेपछि सोही आधारमा स्थगन गरिएको हो।
राष्ट्रपति कार्यालयका अनुसार सरकारबाट प्राप्त सिफारिसअनुसार नै निर्णय गरिएको हो। यसअघि मन्त्रिपरिषद्कै वैशाख ८ गतेको सिफारिसमा राष्ट्रपति कार्यालयले वैशाख १७ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेको थियो।
तर, नयाँ सिफारिसमार्फत अधिवेशन स्थगन गरिए पनि यसको कारण भने खुलाइएको छैन।


















