विराटनगर। नोबेल साकोस साहित्य संस्थाको ४३औँ मासिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। मञ्जु  घिमिरे दाहालको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रामबाबु दाहाल तथा विशिष्ट अतिथि मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलको रहेको थियो। त्यसैगरी चारु प्रतिष्ठानका अध्यक्ष डा :देवी पन्थी, वरिष्ठ साहित्यकार बलराम पोखरेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, डोमी कामत,उमानाथ भट्टराई ,गोकुल अधिकारी , कण लघुकथाका अध्यक्ष दीप मंराती ,शिवनारायण पण्डित ,लगायतको उपस्थिति रहेको थियो। श्री पोखरिया मा:वि:मा कक्षा ६ मा पढ्ने उदय सिटौलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो।

कार्यक्रममा प्रयाग न्यौपाने, उमेश लुइँटेल, किस्मत खतिवडा, भुपाल अधिकारी, ऋषि तिवारी, शारदा भट्टराई, कुमार श्रेष्ठ,यमुना भट्टराई ,हरिलाल चौधरी ,हरि बराल ,  सुशीला  प्रसाइ दंगाल,शम्भु भट्टराई ,लगायतका साहित्यकारहरूले आ–आफ्ना रचना वाचन गरेका थिए।कार्यक्रमको संचालन शान्ता भट्टराईले गरेकी थिइन्।


20260502_16381420260502_14553120260502_163641