काठमाडौ । ०८३/१/१९ गते सप्तरङ्गी साहित्य समाज कोशीका अध्यक्ष,सिर्जनामा इनरुवाका सचिव तथा लघुकथाकार   इनरुवा-९, बबिया, सुनसरीका रमेन्द्र कोइरालालाई हाम्रो लघुकथा केन्द्र दक्षिणकाली काठमाडौबाट" योगनाथ बास्तोला लघुकथा सम्मान तथा पुरस्कार  -२०८२ प्रदान गरिएको छ । साथै सोही अवसरमा  केन्द्र  लघुकथा सम्मान -२०८२ बाट अग्रज साहित्यकार  महेश प्रसाईंलाई  , केन्द्र लघुकथा समालोचना सम्मान समालोचक  प्रा. डा. कपिल लामिछानेलाई  र केन्द्र  लघुकथा नारी सम्मान–२०८२  अग्रज साहित्यकार  गङ्गा कर्माचार्य पौडेललाई पनि सम्मान गरिएको छ ।हाम्रो लघुकथा केन्द्रका अध्यक्ष शेखर कुमार श्रेष्ठको अध्यक्षतामा र दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन  बस्नेत ज्यूको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रम भव्य र सभ्य रहेको थियो। सुरुमा बाजागाजा सहित सम्मानित व्यक्तित्वहरूलाई अगाडि राखेर बजार परिक्रमा गराई दक्षिणकाली नगरपालिकाको भन्ज्याङ चोकमा रहेको गणेश हलमा लगिएको थियो। स्वस्तिवाचन सहित उद्घाटन गरेपछि कार्यक्रम अगाडि बढेको थियो। स्वागत मन्तव्यपछि हाम्रो लघुकथा केन्द्रद्वारा प्रकाशित संयुक्त लघुकथा सङ्ग्रहको विमोचन गरियो । त्यसपछि सम्मानित व्यक्तित्वहरुलाई अबिर टीका ,खादा ,माला ,दोसल्ला, दुबोको माला ,प्रमाणपत्र र नगद सहित सम्मान गरिएको थियो।  त्यसपछि सम्मानित व्यक्तित्व र महत्वपूर्ण व्यक्तित्वहरूबाट वक्तव्य प्रदान गरिएको थियो। कार्यक्रममा सहयोग पुर्‍याउने महानुभावहरूलाई प्रमाणपत्र र विशिष्ट व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।  कार्यक्रममा निम्न बमोजिमको उपस्थिति रहेको थियो। अध्यक्ष- शेखरकुमार श्रेष्ठ ,प्रमुख अतिथि- नगर प्रमुख मोहन बस्नेत विशिष्ट अतिथिहरूमा उपप्रमुख बसन्ती तामाङ डंगोल, किशोर पहाडी, अमरसिंह बस्नेत, जयदेव भट्टराई थिए। अतिथिहरूमा संस्थापक अध्यक्ष लता केसी, नारी संस्था समाजकी अध्यक्ष ममता मृदुल, वरिष्ठ लघुकथाकार खेमराज पोखरेल, लघुकथाकारहरू,गङ्गा दाहाल न्यौपाने ,पिपी कोइराला, शेखर अर्याल, छायादत्त न्यौपाने बन्दना घिमिरे,ललिता जोशी, प्रभात दीक्षित,  दीपक लोहनी, कात्यानन ,वीरेन्द्र मालाकार, बिन्दु अधिकारी ,शान्ता तिम्सिना रमेश सुवेदी, निर्मला बराल, सत्या अधिकारी, मिसु श्रेष्ठ थपलिया ंमनिष कुमार शर्मा, रामराजा केसी थिए ।त्यसै गरी सम्पदा ढकाल ,निलम अधिकारी, सुभद्रा अधिकारी ,सावित्री पौडेल कोइराला,आकाश कोइराला ,अस्मिता पोखरेल कोइराला आदि सयौंको उपस्थिति रहेको थियो।  कार्यक्रम कुशल सञ्चालक केन्द्रका सचिव रामराजा केसीबाट  भएको थियो।