विराटनगर।महानगरपालिका वडा न:१२स्थित कामत चोकमा सडकमा मकै सुकाउँदा दुर्घटनाको जोखिम बढेको छ।
आइतबार नै माइकिङ गर्दै सडकमा राखिएका मकै हटाउन र सुरक्षित स्थानमा त्रिपाल ओछ्याएर व्यवस्थापन गर्न आग्रह गरेको भएपनि स्थानीयले अटेर गरि सडकमै राखिएको छ।
नगर प्रहरी प्रमुख राजन पौडेल ले सार्वजनिक सडकमा कृषि उपज सुकाउँदा सवारी दुर्घटनाको जोखिम अत्यधिक बढ्ने बताए । उनका अनुसार विशेषगरी मोटरसाइकल तथा साइकल चालक चिप्लिने, अनियन्त्रित हुने र रातिको समयमा दुर्घटनामा पर्ने सम्भावना बढी भएको बताए।
‘सार्वजनिक सडक सबै नागरिकको साझा सम्पत्ति हो । व्यक्तिगत प्रयोजनका लागि सडक प्रयोग गर्दा आवागमनमा अवरोध मात्रै होइन, मानवीय क्षतिको जोखिम पनि बढ्न सक्ने बताए ।




















