सुनको भाउ नयाँ उचाइमा, चाँदीको मूल्य भने घट्यो
- असार २, २०८३
- १३८ पटक पढिएको
काठमाडौं।नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै २ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण बढेको महासंघले जनाएको छ।
यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा भइरहेको उतारचढावको असर नेपाली बजारमा पनि देखिन थालेको व्यवसायीहरूको भनाइ छ।




















