विराटनगर । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) विराटनगर महानगर कमिटीको आयोजनामा ‘मिसन जागरण अभियान–२०८३’ को शुभारम्भ गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेता र कार्यकर्ता दुवैले आत्मसमीक्षा गर्दै सचिनुपर्नेमा जोड दिएका छन् ।
उनले विभिन्न जिम्मेवारीमा रहेका नेताहरू जनतासँग प्रत्यक्ष जोडिने भएकाले अरूले जे भने पनि अनुशासनमा रहेर काम गर्नुपर्ने बताएका छन् । मदन भण्डारीको स्मरण गर्दै उनले भण्डारीले जनता नै सबै निर्णय गर्ने शक्ति हुन् ।उनले भने,
त्यसैगरी कार्यक्रममा एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेतले पार्टी सञ्चालनका लागि स्पष्ट सिद्धान्त आवश्यक पर्ने बताए ।
बस्नेतले एकअर्कालाई दोषारोपण गर्नुभन्दा मिलेर अघि बढ्दै जनताको सेवामा समर्पित हुन सिक्नु पर्छ,,उनले नेता–कार्यकर्तालाई आग्रह गरे ।
विनोद ढकालले मदन भण्डारीको जीवनशैली र विचारलाई वर्तमान नेतृत्वले पूर्ण रूपमा अनुसरण गर्न नसकेको टिप्पणी गरे । उनले नेताहरू जनताभन्दा पद र नेतृत्व केन्द्रित बन्दै गएको कारण पार्टीभित्र समस्या देखिएको बताए ।
ढकालले संकटका बेला पार्टीलाई साथ दिनुपर्ने उल्लेख गर्दै कठिन समयमा पार्टी छाड्नेहरू सच्चा कार्यकर्ता हुन नसक्ने व्यक्त गरे । उनले घर–घरमा पुगेर पार्टीको विचार, अवस्था र नीति जनतासमक्ष पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रम आयोजक एमाले महानगर कमिटीका अध्यक्ष बलराम गिरीले टोल–टोलमा भेला आयोजना गर्दै घरदैलोमार्फत अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै महानगरभित्र रहेका जनसंगठनलाई थप सक्रिय र क्रियाशील बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए।




















