विराटनगर । असार १५ का अवसरमा कोशी प्रदेशसहित देशभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। कृषिप्रधान नेपालको परम्पराअनुसार किसानहरू खेतमा धान रोप्दै दही–चिउरा खाएर पर्व मनाइरहेका छन्।
ग्रामीण क्षेत्रमा असारे भाका गुञ्जिँदै सामूहिक रूपमा धान रोपाइँ भइरहेको छ। यद्यपि यस वर्ष मनसुन ढिलो सक्रिय भएकाले धेरै स्थानमा रोपाइँ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। पर्याप्त वर्षा र कृषि सामग्रीको सहज उपलब्धताले धान उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने किसानहरुले बताएका छन्।




















