विराटनगर।असार  (एकाइ ) गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता ले आइतबार साँझ कोशी अञ्चल अस्पताल को स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा अस्पतालको स्वामित्वमा रहेको सरकारी सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाप्रति गृहमन्त्री गुरुङले गम्भीर चासो व्यक्त गरेका थिए। उनले सम्बन्धित गृह प्रशासनलाई अतिक्रमित जग्गा तत्काल खाली गराई अस्पतालको स्वामित्व कायम गराउन आवश्यक प्रक्रिया अविलम्ब अघि बढाउन स्पष्ट निर्देशन दिएका छन्।

गृहमन्त्री गुरुङले सार्वजनिक सम्पत्तिको संरक्षणमा कुनै सम्झौता नहुने उल्लेख गर्दै अस्पतालको दीर्घकालीन विकासका लागि सरकारी जग्गाको संरक्षण अपरिहार्य रहेको बताए।

अनुगमनका क्रममा सरकार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, अस्पतालको भौतिक पूर्वाधारको संरक्षण गर्ने तथा सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको विश्वाससमेत व्यक्त गरे।