काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि सोमबार बिहान शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिराखेको  भेटिएको छ। बीएसी ९५७५ नम्बरको उक्त गाडी बिहान करिब ७ बजेदेखि निवासको गेटअगाडि राखिएको स्थानीयले बताएका छन् ।

थापा २०८२ भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि उक्त निवासमा नबसेको स्थानीयले जानकारी दिएका छन्।थापाको

सचिवालयले गाडीधनीको विवरण पत्ता लगाउन यातायात व्यवस्था विभागसँग समन्वयको प्रयास गरिएको बताए  ।  सञ्चारमाध्यमका कार्यालय तथा अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि पनि यस्तै प्रकृतिका गाडी पार्किङ गरिएको पाइएको छ। अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर पब्लिकेसन्सका कार्यालयअगाडि राखिएका ती गाडी प्रहरीले क्रेनको सहायताले हटाइसकेको जानकारी दिए।

घटनाको उद्देश्य, संलग्न व्यक्ति तथा गाडीधनीको पहिचानबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।