सप्तकोसीमा पानीको बहाव उच्च, २१ वटा ढोका खोलियो; सतर्कता अपनाउन आग्रह
- साउन १, २०८३
- ९० पटक पढिएको
सुनसरी–सप्तरी सीमास्थित कोसी ब्यारेजमा पानीको बहाव उल्लेखनीय रूपमा बढेपछि २१ वटा ढोका खोलिएको छ। नदीमा पानीको सतह बढ्दै गएपछि सम्बन्धित निकायले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
अधिकारीहरूका अनुसार वर्षा र माथिल्लो क्षेत्रमा बढेको पानीको प्रवाहका कारण सप्तकोसीमा बहाव वृद्धि भएको हो।स्थानीयका भनाइ अनुसार केहिदिन यता कोसीमा पनिको बहाव बढेको हो।पानीको बहाव बढेसंगै जोखिमलाई ध्यानमा राख्दै नदी किनार, तल्लो तटीय क्षेत्र तथा डुबान प्रभावित स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित भएर रहन सुझाव दिइएको छ।
स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेका छन्। मौसम तथा नदीको बहावसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ।




















