विराटनगर ।गृहमन्त्री सुधन गुरुङ आज सिरहा पुगेर मृतकको परिकारलाइ भेट्ने भएका छन् । सिरहामा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवारसँग भेटघाट गर्ने तथा जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिने भएका हुन। 

गृहमन्त्रीले सिरहा जाने कार्यक्रमबारे जानकारी सुनसरीको देवानगञ्जमा दिएका हुन् । बिहीबार राति उनी देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज पुगेर हिंसात्मक घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताका परिवारसँग भेटेका थिए । सोही क्रममा सरकार र मृतक परिवारबीच सात बुँदे सहमति भएको थियो ।

सहमतिपछि गृहमन्त्री विराटनगर आएका छन् । केही समय विराटनगरमा रहेपछि उनी सिराहातर्फ प्रस्थान गर्ने कार्यक्रम तय गरेका छन् ।

सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा समेत परेको छ । विरोध प्रदर्शनका क्रममा सिराहाको धनगढीमाई नगरपालिका–तुलसियाहीका गणेश यादवको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।