विराटनगर । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक तनाव र त्यसपछिको घटनापछि सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले शुक्रबार विराटनगरमा सर्वसमुदायको सहभागितामा सद्भाव र्‍याली सम्पन्न भएको छ।

र्‍याली विराटनगरको महेन्द्र चोकबाट सुरु भई ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय  हुँदै जिल्ला प्रशासन कार्यालय मोरङअगाडि रहेको डाँफे चोकसम्म पुगेर टुंगिएको थिय। 

र्‍यालीमा विभिन्न राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारकर्मी, उद्योगी–व्यवसायी, युवा, विभिन्न धार्मिक समुदायका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिको पक्षमा ऐक्यबद्धता जनाउँदै र्‍यालीमा सहभागिता जनाएका थिए।

20260731_15343220260731_153431