विराटनगर।नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले नाट्य तथा कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विराट मैथिल नाट्यकला परिषद्का अध्यक्ष डोमी कामतलाई सम्मान गरेको छ।

नोबेल साकोस साहित्य संस्थाको मासिक साहित्यिक शृङ्खलाको ४६औँ कार्यक्रममा कामतलाई सम्मान प्रदान गरिएको हो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ खेम नेपाली प्रमुख अतिथि तथा चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। अग्रज साहित्यकार बलराम पोखरेल, मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल, प्रा. डा. हरिहर भण्डारी, दाहाल प्रतिष्ठानका केन्द्रीय सदस्य मोहनप्रसाद दाहाल, झोराहाटका नाट्यकर्मी तथा अध्यक्ष भरत गुरागाईं, दियर कल्याणका अध्यक्ष विनोद घिमिरे (विवश), पूर्वाञ्चल प्रतिष्ठानका सचिव गोकुल अधिकारी, साहित्य कला परिषद्का अध्यक्ष केशु बिराही, झिपु चःका सल्लाहकार गणेश वज्राचार्यलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी समालोचक भवानीप्रसाद पोखरेल, गोपाल निर्भिक, लोचन रिजाल, उमेश लुइटेल, प्रयाग न्यौपाने, उमानाथ भट्टराई, नवराज पोखरेल (नवशिला), हरिप्रसाद बराल तथा ईश्वरीप्रसाद गौतमलगायत साहित्यिक व्यक्तित्वहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि नानुमाया दाहाल, ऋषि तिवारी, भूपाल अधिकारी, कुमार श्रेष्ठ, चिरञ्जीवी काफ्लेलगायत साहित्यकार तथा स्रष्टाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अतिथि वक्ताहरूले नोबेल साकोसले साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाको थप उन्नति र प्रगतिका लागि शुभकामना व्यक्त गरे। पूर्व अध्यक्ष सविना श्रेष्ठले शाखा विस्तार गरेर नोबेल साकोसको  समाजमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको धारण  वक्ता गरे।

कार्यक्रममा नाट्य तथा साहित्यिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका डोमी कामतलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

20260801_145700