विराटनगर । विराटनगरका उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा सोमबार बिहान प्रहरीले खानतलासी गरेको छ।

विराटनगर–७ स्थित मोरङ व्यापार संघको कार्यालय नजिक रहेको मुन्दडाको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीले अनुसन्धानका क्रममा घर तथा कार्यालयमा खानतलासी गर्दा केही नभेटेपछि रित्तो हात फर्किएका छन्। 

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा छापा मारेको थियो। 

यसअघि मुन्दडामाथि अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोप सार्वजनिक रूपमा उठ्ने गरेको भए पनि ती आरोप कानुनी रूपमा पुष्टि भएको छैन।