विराटनगर, विराटनगर महानगर पालिका वडा नं. १२ समावेशी टोलमा २०८०!५!२८ गत्ते दिनको दिइबजे तिर  रोसन ठाकुरको घरमा चोरी भएको छ।

पसल गएको र श्रीमती माइत गएकी  सासू बाख्रा चराउन गएकोबेला सो घरमा चोरी भएकोछ।

चोरले घरमा कोहि नभएको मौका पारी उक्तघर बाट नगद रु. ९५ हजार, सुन आधातोला र चाँदी ३०तोला गरी करिब ३ लाख मूल्य बराबरको चोरी भएको बुहारी एलिजा मल्लले बताएकी छन्।

प्रहरीलाई खबर गर्नु भएन ? भनी सोध्दा गरेको तर प्रहरीले कुनै वास्तै नगरेको उनले बताइन् । प्रहरीको कडाइ छैन लफङगा फटाहा गजडीयाहरू बढेका छन् । दिउँसै चोरी हुन्छ मान्छे मार्न पनि के बेर सुरक्षा छैन छोरामान्छे घरमा बसेर के गर्नु कमाउनै पर्छ काँ जाने र कस्लाई भन्ने भन्दै आफ्नो मनको आक्रोश पोखेकी छन् ।