विराटनगर, विराटनगरमा गत हप्तादेखि अत्यधिक गर्मीका कारण  जनजीवन कष्टकर बन्दै गएको छ।

विराटनगर महानगर पालिका १२ बखरी चोकका तरकारी व्यावसायि भन्छन् घामले केहिबेरमै तरकारी सुक्छ।पानी लगाएर राख्दा कुहिन्छ फुलकुमारि कामतले बताइन् 

विगत केहीदिनदेखीको अत्याधिक बढेको गर्मीका कारण ग्राहकहरु पनि कम आउने गरेको बताए । विराटनगरमा धेरै दिनदेखी बढेको गर्मीले दैनिकी काम गर्न समस्या समेत हुने गरेको फुलकुमारी कामतले बताएकी छन् ।

गर्मीकै कारण दैनिक अफिसमा काम गर्न बाहिर सडकमा बसेर व्यावसाय काम गर्नेहरु पहिलो गर्मिको शिकार बन्नुपरेको छ। हालको गर्मीको मौसमले विराटनगरमा मात्रै हैन देशभरका नागरिकहरु कष्टको सामना गर्नु परेको छ ।