याङ्गुन, म्यान्मा, ५ कात्तिक । म्यान्माको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा मृत लास पानीबाट बाहिर निकालिएको छ। बाँकी वेपत्ता रहेको एक स्थानीय बासिन्दाले सोमबार बताएका छन् ।
दक्षिणी तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एकजना भिक्षुले आफ्नो नाम नबताउने सर्तमा भनेका छन् “हामीले आइतबार राति १० वटा र सोमबार बिहान एउटा शवलाई पानीबाट निकालेका हौँ।”
भिक्षुका अनुसार डुङ्गामा अधिकांश विद्यार्थीहरू थिए उनीहरु दुई हप्ताको बिदा मनाउन गाउँबाट म्येइक सहर फर्किरहेका थिए ।
“डुङ्गामा अत्यधिक भार थाम्न नसकेको कारण डुबेको बताइएको छ ।
स्थानीयहरूले मृत शरीरको पहिचान गरी दाहसंस्कार गरिसकेका छन् भने स्थानीय तथा उद्धार टोलीहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।




















