विराटनगर । विराटनगर आँखा अस्पतालमा उपचारको सेवा लिदा अनलाइनबाटै नाम दर्ता गर्न सकिने प्रविधि ल्याएको छ ।

 पछिल्लो समय सेवाग्राहीको चाप वढेपछि अस्पतालले अनलाइनबाट नाम दर्ता सेवाको शुरू गरिएको हो ।

अब देखि अनलाइन सेवाअनुसार कुनै पनि विरामीले नाम दर्ताका लागि विहान ६ बजे नै अस्पताल पुग्नु पर्ने छैन।अस्पतालका मेडिकल सुपेरिन्टेनडेन्ट डा. ललित अग्रवालले बताएका छन्  ।

अनलाइन सेवा लिन  अस्पतालको वेबसाइटमा दिइएको निर्देशन बमोजिम विवरण भर्नुपर्ने हुन्छ । वेबसाइटमा गएपछि ‘बुक गरेर’। त्यसपछि कुन सेवा लिने हो छनोट गर्नुपर्ने हुन्छ ।

सेवाग्राहीले चेकजाँच गर्न चाहेको डाक्टर, मिति र जाँचको समय तालिका देखाउँछ । यीमध्ये समयमा क्लिक गरेपछि ‘प्रोसेस टू बुक’ भन्नेमा क्लिक गर्नु पर्ने हुन्छ ।

सो प्रक्रिया पूरा भएपछि ‘बुक अप्वाइन्टमेन्ट’ मा क्लिक गरेपछि आफ्नो सबै विवरण भर्नुपर्दछ । विवरण भरेपछि बुक भएको देखाउँछ ।

त्यही बुक गरिएको स्क्रिनसट वा प्रिन्ट गरेर अस्पतालबाट अप्वाइन्टमेन्ट लिएको दिन तथा समय भन्दा १५ मिनेट पहिले काउन्टर नम्बर ३०१ मा पुगेर आफूले बुक गराएका विरामीको पुर्जा लिएर सेवा लिन सकिनेछ।