विराटनगर । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन र अनुसन्धानमा भेदभाव हुन नदिने बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको संवादमा श्रेष्ठले लामिछानेलाई पक्राउ गरिएको विषय ठिक या बेठिक भन्ने विषयमा बोलेनन् । तर उनले अनुसन्धानमा भने सरकारले भेदभाव गरेको आरोप लगाएका हुन ।
‘रवि लामिछाने पक्राउ पर्नु ठिक र बेठिक भन्ने प्रश्नमा, कसैलाई पनि विधि पुर्याएर अनुसन्धान गर्नपर्छ श्रेष्ठले भने, ‘हाम्रो कुरा अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भेदभाव हुनुहुँदैन, तर भेदभाव भइरहेको छ ।’
सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरूको खोज, उद्धार, राहत र पुनःस्थापना गर्न नसकेको भन्ने आरोप सम्म लगाए ।
श्रेष्ठले दुई ठूला पार्टी मिल्दा पनि अध्यादेशबाट काम चलाउने अवस्था आइपरेको भन्दै सरकार कमजोर बनेको बताएका छन् । जनताको पक्षमा काम गराउन दबाब दिने पनि प्रतिपक्षको काम हो । त्यसकारण हामीले विरोध गरेका हौँ ।’
उनले नेपालका कम्युनिष्ट मिलाउन चीनको भूमिका नरहेको समेत आरोप लगाएका छन् ।




















