फुलु प्रधान 

सुन्दर हरैंचा मोरङ/  मिति २०८१/०७/०८ गते राती ११:५० बजे जिल्ला मोरङ सुन्दर हरैंचा नगरपालिका वडा नं ९ सलकपुर स्थित गरुड चोक बस्ने दान बहादुर खड्काको गाई गोठमा गाईलाई खुवाउने खोले पकाउन बालेको आगो सल्किएर आगलागी भएको छ। आगलागीबाट गोठमा भएको काठपात, जस्ता पाता,पराल, गहुँको भुस, मकै लगायतका सामानहरु जली नष्ट भई ५लाख भन्दा बढीको क्षती भएको छ भने मानवीय तथा चौपाया क्षती केही भएको छैन। उक्त आगलागी ईटहरी उप महानगरपालिका, बेलबारी नगरपालिका, सुन्दर हरैंचा नगरपालिकाको दमकल, सशस्त्र प्रहरी बल सलकपुरका सुरक्षाकर्मी,नेपाल प्रहरी विराटचोकका सुरक्षाकर्मी लगायत स्थानीयबासीहरुको प्रयासमा नियन्त्रणमा आएको छ।