(मिना श्रेष्ठ )
धरान । सडक पेटिमा बसेर जडीबुटी व्यवसायलाई आशा गुरुङले मुख्य पेसा बनाएर व्यवसाय गर्दै आएको झण्डै दुई दशक भयो । हिमाल पहाडमा सङ्कलन गरि ल्याएर जडीबुटी बिक्री गर्न राखिएको छ।
लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गर्नुभएकी गुरुङ अहिले भने जडीबुटीबाट राम्रो आम्दानी हुने
“पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, राम्रो बिक्री भइरहेको छ”, उनले बताइन ।
सुरुवाती समयमा उहाँ जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थे ।
“सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधिकतम मासिक एक लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उनले भनिन्, “जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।”
उनको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राखेकी छन् ।
पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उनको भनाइ छ । उनले जडीबुटी बिक्रीबाट मासिक ६० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाइन् ।
उनले भने, “जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ, दैनिक पाँच हजारदेखि १० हजार व्यापार हुन्छ ।”
उनले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाए ।




















