विराटनगर । विराटनगर–१ स्थित परोपकारघाटको सिंघिया नदीको तटमा हुँदै आएको ‘परमार्थ सिंघिया आरती’ ले धार्मिक एवंम सास्कृति धरोहर जोगाएको छ। धेरैनै चर्चा कमाउन सफल भएको छ ।गत साउन २५ गते नाग पञ्चमीको दिनदेखि शुभारम्भ गरिएको आरतीमा हरेक शुक्रबारसाँझ हजारौंको संख्यामा नदिको तटमा सिघिया आरती हुदै आएको छ ।अहिले सम्म लाखौँ भक्तजनहरुले सहभागीता जनाईसकेका छन्।र आफ्नो परिवार सुखशान्तिका लागि भक्तजनहरुले गर्ने गरेको ‘परमार्थ सिंघिया आरती सेवा’ समितिमा रहनु हुने न्यु सृष्टि दैनिकका प्रबन्ध निदेशकले बताउनुभएको छ । विधि विधान सम्मत गरिने आरतीमा सहभागी हुन स्थानीयवासी मात्र नभई छिमेकी पालिकाबाट समेत भक्तजन आउने गरेका छन् । आरतीमा विराटनगर, कटहरी, धनपाल, बुढीगंगा, जहदा लगायत बर्जु गाउपालीका देखी समेत भक्तजनहरु आउने गरेका छन् ।
आरतीमा भव्यता प्रदान गर्न महिला भजन समूह र मण्डलीबाट विभिन्न मिठा भजनहरू प्रस्तुत् गर्ने गरिएको छ । आज साझाको आरतीको समाग्ग्री तयार पार्नुहुने,टेकराज चापागाईं,मनोज बस्नेत ,र ऋतु अधिकारीले पारेका थिए। । पारदर्शी ढंगले आरती आयोजनाका लागि जिल्ला प्रशासन कार्यालयमा ‘परमार्थ सिंघिया आरती सेवा’ नामक संस्था नै दर्ता गरिएको छ ।आरतीले धर्म र संस्कृतिलाई समुन्नत बनाउँदै सामाजिक एकता, , ।आरती नियमित संचालनका गरिएको छ भने हरेक शुक्रबार ५ ब्राह्मणबाट ४५ मिनेट आरतीको संचालन गरिने गरिएको छ ।




















