विराटनगर । पुष्पलालचोक पुष्पलाल स्मृति भवनमा छन्द उपासना कृति लोकार्पण भएकोछ।कवि रोहिणी रसिकको दोस्रो कृति छन्द उपासनाको लोकार्पण भएको हो।खोटाङमा जन्मिएर हाल विराटनगर ३मोरङमा बस्दै आएका उनी बाबू शेखरनाथ धिताल आमा मेनुका धितालका छोरा हुन।भछन्द कविता गजल मुक्तक आदिमा कलम चलाउँदै आएका छन्  प्रा:डा टंक न्यौपाने प्रमुख अतिथि,अन्य अतिथि प्राज्ञ गङगा सुवेदी ,प्राज्ञ विवश पोखरेलको रहेको थियो।टंक न्यौपानेले माला लगाएर शुभकामना बधाई दिदै उन्नति र प्रगतिको कामना व्यक्त गरेका थिए।त्यसैगरी अन्य अतिथिलेपनी शुभकामना मन्तव्य  व्यक्त गरे।  साहित्यकार बलराम पोखरेल, कविराज न्यौपाने, कविकी ममतामयी आमा मेनुका धिताल, कवि छवि बैरागी घिमिरे,मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष बाबुराम पोखरेल, झापाका अग्रज शैक्षिक तथा सामाजिक अभियन्ता भोजराज दाहाल, मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल, साहित्य कला संस्कृति प्रतिष्ठान झापाकी अध्यक्ष भगवती ढुङ्गेल, गायिका तथा सप्तकोशी टेलिभिजनकी कार्यक्रम प्रस्तोता गङ्गा गौतम आचार्य, कविका बालसखा घनश्याम पोखरेल लगायत व्यक्तित्वहरूले मोरङ, सुनसरी, झापा लगायत स्थानबाट आउनुभएका शुभेच्छुकहरूको सघन उपस्थिति माझ लोकार्पण गर्नुभयो । कवि तथा अभियन्ता छवि बैरागी घिमिरेले समीक्षा गर्नुभएको उक्त कार्यक्रममा कविहरू प्रिन्स प्रमोद ढकाल, तुलसी अधिकारी, चिरञ्जीवी काफ्ले, तारा पराजुली ढकाल, नारायण पोखरेल लगायतले सङ्ग्रह भित्र रहेका कविताहरू वाचन गर्नुभएको थियो । खोटाङ सामाजिक सेवा मंचको आयोजनामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष फणीन्द्र पराजुलीले निम्तालुहरूलाई स्वागत गर्नुभएको थियो । विराटनगरस्थित पुष्पलाल स्मृति भवनमा भएको कार्यक्रमको सभापतित्व मंचका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीबाट भएको थियो। भने कार्यक्रम संचालक वरिष्ठ  कवि कलाकार  झोराहाट नाटक घरका अध्यक्ष अभियानता भरत गुरागाईँ बर्बरिकको हरेको थियो।कवि रोहिणी रसिक खोटाङ सामाजिक सेवा मंच, साहित्य उन्नयन समितिको कार्यक्रम संयोजक समेत रहेका छन्  ।