विराटनगर । नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा भारतसँगको लडाइँमा टाइब्रेकरमा जित हाँसिल गर्दै फाइनमा प्रवेश गरेको छ । दशरथ रंगशालाको मैदानमा केही तनावपूर्ण अवस्था भएपनि नेपालले भारतलाई पराजित गरेको हो ।
नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको छ । फुत्किसकेको नतिजालाई गोल मेसिन सावित्रा भण्डारी (साम्बा) ले बराबरी गर्दै एक एक गोलमा रोक्न सफल भएकी छन् । त्यसपछि सिधै भएको टाइब्रकेरमा नेपालले भारतलाई हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोलीले पहिलो हाफ भने गोलरहित बराबरी खेलेका थिए । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न नसकेको हो ।
पहिलो हाफमा भारतले नेपालमाथि दबाब दिदा नेपालले गोल गर्नबाट निकै अवसर पाएर पनि चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेका थिए । गोल भने गर्न सकेनन् ।
मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । खेलको ५१औँ मिनेटमा रेखाले दोहोरो पहेँलो कार्ड पाइन् । फलस्वरुप उनले मैदान छोड्नु परेको थियो ।
नेपाल अहिले १० खेलाडीमा मात्र सीमित छन् । रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरु समेत केहीबेर तनाबमा उत्रिएका थिए । उनीहरुले मैदानमा पानीको बोतल समेत फ्याँकेर आक्रोस पोखे । तर नेपाली टोलीको आग्रह अनुसार उनीहरु सम्हालिए।
दोस्रो हाफमा भारतकी सङ्गीता बास्फोरले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएको थिइन् । भारतले गोलको खुसी मनाइरहेको अवस्थामा रेफ्रीकै संकेत पाएर नेपालकी प्रिती राईले गोल फर्काएकी थिइन् । तर भुटानकी रेफ्रीले उक्त गोललाई मान्यता दिइनन् । त्यसले मैदानमा दर्शकहरुलाई थप उत्तेजित बनायो । तनावकै कारण खेल लामो समयसम्म रोकियो ।
खेल पुनः सुरु भएपछि साम्बाले नेपालका निकै उत्कृष्ट गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा पुर्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलियो ।
टाइब्रेकरमा भारतले दुईवटा मात्रै गोल गर्न सक्यो । नेपालकी किपर अन्जना मगरले टिमलाई फाइनल पुर्याउन भारतको दुई गोल रोक्न सफल भइन् ।
नेपालले अब फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । दशरथ रङ्गशालामा आइतबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलबाट भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै बङ्गलादेश फाइनलमा पुगेको छ


















