विराटनगर। विराटनगरको मुख्य बजार गुद्रीमा धनतेरसको लागि नयाँ सामान किन्नेको भिड लागेको छ।
व्यापारिक स्थल विराटनगरको पसलहरूमा धनतेरसका लागि नयाँ सामान किन्नेको भिड देख्न सकिन्छ।
कात्तिक कृष्ण त्रयोदशीमा पर्ने धनतेरसमा सुन, चाँदी, तामा लगायतका नयाँ भाँडाकुँडा किन्दा शुभ मानिन्छ।




















