विराटनगर।कोशी प्रदेशमा औषधि खरिद प्रक्रियामा अस्तव्यस्त भएको छ । औषधि खरिद प्रक्रिया अस्तव्यस्त भएकै कारण कोशी प्रदेशवासी बिरामी हुँदा समयमा परिरहेका छन्। बिरामी भएको बेला सर्वसाधारणले औषधि नपाउनु भनेको दुखको कुरा हो। कोशी प्रदेश सरकार मुख्य जिम्मेवार हुनुपर्छ।
कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरेर औषधि खरिद प्रक्रिया अस्तव्यस्त रहेको जानकारी गराए । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाले पछि मन्त्री राईले पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्रालयको अवस्था सार्वजनिक गरेका हुन् ।
कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष सकिने बेलामा मात्रै औषधि खरिद गर्ने गरेको मन्त्री राईले बताए । कोशी प्रदेश सरकारले असार १ गते औषधि खरिद गर्नका लागि बजेट मार्फत रकम विनियोजन गरेको भएपनि आर्थिक वर्ष सकिन लाग्दा असार मसान्तमा मात्रै औषधि खरिद गरेको मन्त्री राईले मन्त्रालयको बेतिथि सार्वजनिक गरे ।
कोशी प्रदेश सरकार मातहत रहेको औषधि आपूर्ति केन्द्रले ओषधि खरिद गर्ने अख्तियारी पाएका हुन् । मन्त्री राईले आर्थिक वर्ष २०७५ देखि २०७९/०८० सम्म ४१ करोड ३९ लाख रुपैयाँ स्वास्थ्य मन्त्रालयमा बेरुजी रहेको तथ्याङ्क सार्वजनिक गरेका छन् ।
कोशी प्रदेशको स्वास्थ्य क्षेत्रमा ८० प्रतिशत जनशक्तिको अभाव रहेकोले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र कोशी प्रदेश ओकसेवा आयोगसँग समन्वय गरेर पदपूर्ति पुरा गर्ने मन्त्री राईले बताए ।
कोशी प्रदेश सरकारले विगतमा खरिद गरिएको करोडौँ मूल्य बराबरको उपकरण ड्यामेज अवस्थामा रहेको राईले बताए।




















