काठमाडौं ,नेपाल प्रिमियर लिग एनपीएल को उद्घाटन खेलमा बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले जनकपुर पराजित भएको छ ।

विराटनगरले दिएको १२८ रनको झिनो लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको लागि लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन बनाए । बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एकएक विकेट लिए ।

त्यसअघि किर्तीपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर जम्मा १२७ रन बनाएको थियो ।

विराटनगरको लागि ओपनर ब्याटर मार्टिन गप्टिलले सर्वाधिक रन बनाएका थिए । गुप्टिलले ४३ बलमा ५५ रन बनाए । यस्तै अकिब इलियासले १५, निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए । बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७र७ रन बनाएका थिए।