मोरङको, ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष पदको उपनिर्वाचनमा हालसम्म १४ हजार १ सय ७४ मत खसिसकेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ५४ प्रतिशत मत खसेको हो। २६ हजार ४४ मतदाता रहेको गाउँपालिकामा हालसम्म ७ हजार ४ सय ११ महिला र ६ हजार ७ सय ६३ जना पुरुषले मतदान गरेको कार्यालयले जानकारी दिएका छन् ।

उपनिर्वाचनमा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका बलराम सरदार, नेकपा एमालेका तुलसीराम माझी, नेकपा माओवादीका नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार, स्वतन्त्रबाट नमनारायण चौधरीसहित १६ जनाबीच प्रतिस्पर्धा रहेको छ।