पोखरा,फेवाताल पारि रंगीचंगी हट एयर बेलुन उडिरहेका छन् ।तालवारि लेकसाइडमा शनिबारदेखि सडक महोत्सव सुरु भएको छ । आइतबार र सोमबार फेवातालमा ड्रागन बोट रेस फेस्टिभल हुँदै छ । भने जल जमिन र आकाशसम्म यतिबेला पोखरा महोत्सवमय बनेको छ ।
अंग्रेजी नयाँ वर्षका अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले लेकसाइडमा आयोजना गर्ने पोखरा सडक महोत्सवको २६औं संस्करण शनिबारदेखि सुरु भएको हो। अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रूपमा पोखरालाई प्रवर्द्धन गर्ने उद्देश्यले लेकसाइडको तीन किलोमिटर क्षेत्रमा यतिबेला महोत्सव चलिरहेको छ ।
रेबान पोखराले सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको हो । पुस १७ सम्म हुने यो महोत्सव कोमागाने पार्कदेखि गैह्राको चौतारासम्मको क्षेत्रमा हुने गर्छ।। सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गरे ।
महोत्सवको मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम मौलिक वेशभूषा प्रदर्शन झाँकी प्रदर्शन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन लाइभ कन्सर्ट राखिने छ।




















