काठमाडौँ ,कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा.डा. पुष्करबहादुर पाल नियुक्त भएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाको सिफारिसमा प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले डा. पाललाई बुधबार रजिष्ट्रारमा नियुक्त गरेका थिए।भने उनी सोही विश्वविद्यालयमा कार्यरत पशु चिकित्साविज्ञ हुन् । चितवनको रामपुरस्थित सो विश्वविद्यालयमा करिब चार हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।