देवदह लुम्बिन।नेपाली लेखक संघको आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीलाई अध्यक्षमा चयन गरिएको छ। लुम्बिनीमा सम्पन्न अधिवेशनमा उहाँले प्रतिस्पर्धी रत्नमणि नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा विजयी भएको हो । तीन सय एक जना प्रतिनिधि सहभागी अधिवेशनमा बुढाथोकीले एक सय १५ मत प्राप्त गर्दा नेपालले ५९ मत प्राप्त गरेका थिए ।


अध्यक्ष पदसँगै अन्य केही पदहरूमा पनि प्रतिस्पर्धा भएको थियो । सह–अध्यक्ष पदमा मनोज न्यौपानेले डा. शैलेन्दु नेपाललाई पराजित गर्दै विजयी भएको छ । न्यौपानेले एक सय १२ मत प्राप्त गर्दा नेपालले ६९ मत प्राप्त गरेका थिए । महासचिव पदमा सोझो गाउँलेले प्रकाश विमिललाई पराजित गर्दै विजय हासिल गरेको हो । गाउँलेले एक सय २६ मत प्राप्त गर्दा विमिलले ४९ मतमा चित्त बुझाउनुपरेको थियो।


निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङ्गका अनुसार अन्य पदहरू भने सर्वसम्मत चयन भएको छ । खुल्ला उपाध्यक्षमा दामु मर्सिफुल, डा. इश्वरमणी अधिकारी, डा. विष्णु के.सी र डा. शशि थापा पण्डित चयन भएको छ । महिला उपाध्यक्षमा विमलातुम्खेवा, परराष्ट्र उपाध्यक्षमा युवराज डि.सी., उपमहासचिवमा नारायण सापकोटा, कोषाध्यक्षमा विशु कुमार के.सी. तथा खुल्ला सचिवमा निर्मल ढुङ्गाना, डा. लोकेन्द्र बहादुर खड्का र मिलन समीर सर्वसम्मत निर्वाचित भएका छन् ।


महिला सचिवमा निर्मला कोइराला निर्विरोध निर्वाचित हुँदा सदस्यहरूमा इन्द्र लम्साल, सन्तोष बोहरा, राजन बस्नेत, सुदर्शन आचार्य, दिवाकर घिमिरे, विमल बैद्य, अमृत क्षेत्री, हरिप्रसाद चालिसे, मोहव वाग्ले र रामचन्द्र घिमिरे चयन भएको छ । प्रदेश प्रतिनिधिहरूमा कोसी प्रदेशबाट जेबी खत्री, वागमतीबाट भगवती खनाल, गण्डकीबाट डा. गणेश प्रसाद शर्मा, लुम्बिनीबाट लिलाधर पाण्डेय, कर्णालीबाट कमला के.सी र सुदुरपश्चिमबाट प्रा.भोजराज जोशी निर्विरोध चयन भएका हुन्।


महिला सदस्यमा राधिका गुरागाई, गंगा विष्ट, शोभा अधिकारी, ईन्दिरा निरौला र सन्जा कुमारी दनुवार, दलित सदस्यमा गणेशबहादुर नेपाली, आदिवासी जनजाती सदस्यमा मनु योङहाङ र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै द्रोपती डाँगा सदस्यमा चयन भएको छ ।


शनिवार उद्घाटन भएको उक्त अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए। आइतबार नयाँ नेतृत्व चयनसँगै सम्पन्न भएको कुरा नवनिर्वाचित सचिव निर्मला कोइरालाले जानकारी दिएकि छन्।



IMG-20250331-WA0023