मैले फूल टेकेँ वा काँडा सब गनिराख
पुर्नलाई मेरा यादहरू, खाडल खनिराख
दुःखित छन् मलाई घोचेर काँडाहरू नै
भन, मैले नै काँडालाई घोचेँ भनिराख ।
मुक्तक-:२
किनारा बनाउने र जोड्ने खोलो छ भनेर
एक दिन मरेर जाने हाम्रो चोलो छ भनेर
म घाम हुँ आज अस्ताउँछु, भोलि उदाउँछु
सम्झाको थिएँ मैले संसार गोलो छ भनेर ।
मुक्तक-:३
सब भ्रम हो, प्रेम पनि माया पनि
नित्य छैन यो मन, यो काया पनि
जब बिझाइरहन्छ नमिठो अतीत
दहन गरुँ हुन्छ छवि, छायाँ पनि ।
मुक्तक-:४
सुर पनि भएको छु तिम्रो अनि ताल भएको छु
तिमी महाभूकम्पमा पर्दा आश्रयी पाल भएको छु
साह्रै सरल भएर जिउनुपर्ने रहेछ यो जिन्दगी
जीवनको उत्तरार्धमा म फेरि बाल भएको छु ।
राजन सिलवाल
पाटन लुभु




















