झुक्किएर पनि
तिमीले आफूले - आफैलाई
झोले घोषणा नगर ।
झोलाको योगदान
महत्व र त्यागलाई
अवमूल्यन नगर ।
कुनै समय थियो ।
र, निरंकुशता बलवान्
झोलामा मुक्तिको दस्तावेज हुन्थ्यो ।
आस्था , आदर्श र चरीत्रको
प्रमाणपत्र हुन्थ्यो ।
निमुखाहरुको रोदन
दुखिहरुको पीडा
र, शोषितपीडितहरुको आवाज हुन्थ्यो ।
बर्तमान अलग छ ।
समयले तिमीलाई झोले कहलायो
सत्ताको उन्मादले निरंकुश बनायो
र, तिम्रो झोलामा
बेइमानीको किताब छ ,
भ्रष्टाचार र बेथितिको दस्ताबेज छ ।
तैपनि गर्व गर्छौ
" म झोले हुँ " !
अलिकती संकोच छभने
थोरै ग्लानी छभने ,
आफैलाई स्मरण गर
चरीत्रलाई शुद्धीकरण गर
र , त्यागको इतिहासलाई पुनर्जीवित गर ।
होइनभने, तिमी झोले नै हौं
बेकामे
र , बेनामे !
त्यस्तो झोलाको के काम ?
त्यस्तो झोलेको के दाम ?
जहाँ स्वार्थहरुको भीड लाग्छ
चाकरी दिनचर्या
र, चाप्लुसी पुरस्कृत हुन्छ ।
सागर तिमिल्सिना
इनरुवा




















