जो मरे ती, तिनै श्वासभित्र बसेंको छु म,

माया र प्रार्थनामा उभिएको छु म।


हरेक जना दौडिन्छन् बाटोहरूमा सधैँ,

जो आफैँलाई हार्छ, तिनैसँग दबिएको छु म।


तिमी उज्यालो बिहानमा भेटिऊ भनेर,

हरेक प्रार्थनामा तिमी सम्झेर बाँचेको छु म।


ऊ बोलाइरह्यो, म यात्रा बुन्दै गएँ,

उसको स्वरभित्रै नव कथा बुनिरहेको छु म।


उसकै घर बनेको छ दृष्टिको सीमामा,

ऐनाजस्तै मन त्यहीँ राखेर टकेको छु म।


जसको म धेरै समयसम्म पर्खाइमै थिएँ,

ऊ फर्किएर गयो—म मौनता बनेको छु म।

“स्वरभित्र मौनता”

 मिथिलेश आदित्य 

स्थान: विराटनगर, नेपाल