धरान । स्रष्टा टीका मिलनकोको कथासङ्ग्रह ‘राजवृक्षको हाँगो’ को धरानमा परिचर्चा भएको छ । धरान १८ मा रहेको विमल स्मृति पुस्तकालयको सभाहलमा प्रलेस सुनसरीको आयोजनामा उक्त कृतिको परिचर्चा गरिएको हो ।
प्रा.डा. प्राज्ञ खेमराज खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा परिचर्चाकारका रूपमा रेखा सुवेदी रहेकी थिइन् ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा भीमप्रसाद खतिवडा, प्रा.डा. भोलाप्रसाद पोखरेल, प्रा.डा. खेमनाथ दाहाल, प्रा.डा.भरतप्रसाद भट्टराई, अग्रज स्रष्टा बम देवान, डा. छवि वैरागी घिमिरे, स्व. विमल पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङ, स्रष्टाहरू केशव सुनाम, केशु विरही, श्रीप्रसाद पोखरेल, श्रेष्ठ परिक्रमा, रेखा सुवेदी, विष्णु भण्डारी आचार्य, लोकराज निरौला लगायतका लेखक तथा स्रष्टाहरूको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रा.डा. भोलानाथ पोखरेल, टीका मिलन, राजेन्द्र किराँती, जमुना श्रेष्ठ, लता कार्की, श्रीप्रसाद पोखरेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सञ्जीव कटुवाल, प्रियन्सी पोखरेल, छवि वैरागी घिमिरे, श्रेष्ठ परिक्रमा, भवानी दुलाल, शङ्कर देवान, नवराज पोखरेल ‘नवशिला’, प्रकाश भट्टराई, शारदा दाहाल, यामप्रसाद आर्याल, प्रफुल्ल भण्डारी, डा. खेमनाथ दाहाल, सिर्जना नेपाल, केविना पाण्डे, टेकनाथ घिमिरे, अम्बिका दवाडी, श्रीप्रसाद पोखरेल, माचिन्द्र खत्री, मणि गोठालेलगायतका दुई दर्जन जति लेखक। स्रष्टा तथा कलाकारको रचनावाचन तथा प्रस्तुति रहेको थियो ।
प्रलेस सुनसरीकी अध्यक्ष विमला पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव कृष्ण नेपालको रहेको थियो ।




















