सानो हुँदा हावा ठुलो भए हुरी हुन्छ 

भर हुँदा समीप भर सके दूरी हुन्छ 

आफूले सोचे झै कहाँ छर जीवन 

हास्नु कतै रहर कतै मजबुरी हुन्छ ! 

मुक्तक-:२

कैले रासन कैले आर्थिक भार 

देखेर नितान्त स्वार्थी संसार 

अभावको झटारो सदैव चटारो 

देखेर जिन्दगी लाग्छ दिग्दार !

मुक्तक-:३

कोही नाङ्गै कोही लायर दुखी छन 

कोही पाएर कोही गुमाएर दुखी छन 

खासै खुसी को छन र हजुर संसारमा 

कोही भोक ले कोही अघायर दुखी छन ! 

मुक्तक-:४

आजकल कसै कसैले हेपेर जात्रा छ 

आरोप माथि आरोप खेपर जात्रा छ 

पन्छियर जति टाढा भाग्न खोजे पनि 

झन नजिकिदै अकारण ढेपेर जात्रा छ !

लब खड्का 

बुढानिलकण्ठ हात्तिगाँडा काठमाडौ  ६

  जय भद्रकाली !