काठमाडौँ, ७ असारः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अयक्ष युवराज अधिकारीको दोस्रो कविता सङ्ग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ । 

कवि तथा गीतकारसमेत रहेका अध्यक्ष अधिकारीको उक्त कृतिको आज आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमोचन गरे।

एपेके नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कवि युवराज अधिकारीले लोकार्पित दुई कविता पनि वाचन गरेका थिए।

वरिष्ठ कलाकार दिनेश डिसीले सञ्चालन गरेका कार्यक्रममा पर्यटनमन्त्रीसहित कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी, कलाकार द्वय विजय लामा, निखिल उप्रेती र राजेन्द्र शलभले पनि कवि युवराज अधिकारीका बारेमा बोले उनले  केही कविता पनि प्रस्तुत गरेका थिए ।