यदि रमाउँछौ भने तिमी, आफैलाई दुनियाँबाट भुलिदिन्छु
सधैं बहार कहाँ पाईन्छ, त्यसैले काँडा नजिक फुलिदिन्छु
पाउनु मात्र होईन, साँचो माया गुमाउनु रहेछ जिन्दगीमा,
केवल तिम्रो लागि उजाड पतझर समिप पनि झुलिदिन्छु!
मुक्तक-:२
आफ्नै दाँतको त हुँदैन भरोसा जिब्रोले टोक्छ यहाँ
झुटो आश्वासनभित्र अनगिन्ती वर्षात खोक्छ यहाँ
जे छ त्यसैमा रमाऔं, बरू मित्रता सधैंभरी कमाऔं,
यात्राको पाइलामा भन्न कठिन कुनबेला रोक्छ यहाँ।
मुक्तक-:३
कुल्चिएपछि समिपमा काँडा, फूलको आभाष बेग्लै
कहिलेकाँही आउँछ जिन्दगीमा पतझर सुवास बेग्लै
रमाउँदा उत्तम दुखमा पनि अलिकति खोजेर सुख,
अँध्यारो कालो रातभित्र हुन्छ दियोको प्रकाश बेग्लै।
मुक्तक-:४
कुल्चिएपछि समिपमा काँडा, फूलको आभाष बेग्लै
कहिलेकाँही आउँछ जिन्दगीमा पतझर सुवास बेग्लै
रमाउँदा उत्तम दुखमा पनि अलिकति खोजेर सुख,
अँध्यारो कालो रातभित्र हुन्छ दियोको प्रकाश बेग्लै।
शरद प्रधानाङ्ग, विराटनगर - ७