जेठको मास      हुरी र  बतास्  खडेरी परेर  

असार    लाग्दा   वादलु आयाे  बर्षाद  झरेर

राखेको    बिउ हरियाे भयाे पाएर  चिस्वान

आली अँचिला खनेर आए खुसीले किसान


चैतको   घाम  जोगाई खेती बिरुवा  हुर्काए

खडेरी   लाग्दा हालेर पानी ती बाेट जोगाए

फर्फर जुँगा सलक्क घोगा देखिन्छ टलकक

दैवको लीला  यी प्राणदाता भैहाले  हलक्क   


ती ठुला  गरा    हरा र  भरा  धानका  गाबाले

सम्झना आयाे  असारे गीत गाएको आमाले

ती हली दाइले  आलीमा बसी दोपरे खाएको

हो हो रे भन्दै   बाटुले  गरा  हल् गोरु शाएको


खेतीकाे काम दर्कीए     पानी घुमले छल्दथे

हातमा   बीउ   राेपार   रानी हिलोमा खेल्दथे

पटुकी  कसी  कैचिमार् सारी  छोटोमा पारेर

असार   पन्ध्र    दही च्यूरा   खाँदै  रोपाइँ गरेर


हिजोका दिन आजका  भए  कथा र कविता 

बाँजियो  खेत बाँजियो  बारी  भैगयो   रमिता

सन्तान    हाम्रा    प्रवाशी भए भविष्य  साेचेर

बाबाको खेत  बँझिन    गए   सुबिधा  खाेजेर 


     शारदा कार्की

      विराटनगर