विराटनगर।नेपाल सरकारले ल्याएको गलत कर नीतिका विरुद्ध नेपाल सुन,चाँदी व्यवसायी संघले विराटनगरमा मोटरसाइकल र्‍याली निकालेका छन् । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट विनियोजन गर्दा सुनको हरेक गहनाको बिक्रीमा २ प्रतिशत विलासी कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) थप गरेको छ ।

सरकारले सुन आयातमा नै १० प्रतिशत भन्सार महसुल कर असुली गरिरहेका छन् । थप गरिएको कर नीति खारेज नभएसम्म व्यवसायीले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन् । असार १३ गते शुक्रबारदेखि अनिश्चित कालका लागि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका सुन,चाँदी व्यवसायी निरन्तर आन्दोलनमा उत्रिएका छन् ।

शुक्रबार पैदल र्‍याली निकालेर विराटनगरमा शक्ति प्रदर्शन गरेका व्यवसायी आइतबार मोटरसाइकल र्‍याली निकालेर अर्को शक्ति प्रदर्शन गर्दै सरकारमाथि थप दबाब सृजना गरेका छन् । कर खारेज नहुनजेल आन्दोलन मै रहने व्यवसायीले बताए ।